विराटनगर । झापाको दमक–लखनपुर भेट्रान्स फुटबल क्लब विराटनगा जारी प्रदेशस्तरीय प्रथम मिल्स भेट्रान्स गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको खेलमा हाम्रो धरान भेट्रान्स क्लब सुनसरीलाई ५–२ गोलले हराउँदै दमक सेमिफाइनलमा पुगेको हो । दमकका सुवास आङथुपो सुब्बाले ह्याट्रिक गरे । चन्द्रकुमार गिरी र विशाल राईले १/१ गोल गरे ।

दमकले सातौं मिनेटमा सुवासको गोलबाट शुरुआती अग्रता लिएको थियो । आठौ र २३ औं मिनेटमा सुवालले गोल गर्दै दमकको अग्रता ३–० बनाए । २३ औं मिनेटमा धरानका डिफेन्डर सुधन केसीको पेनाल्टी एरियामा हेण्ड भएपछि दमकलले पेलान्टी पाएको थियो ।

पेनाल्टीमा सुवालले गोल गरे । खेलको ३५ औं मिनेटमा चन्द्रकुमार गिरीले गोल गरेपछि पहिलो हाफमा दमक ४–० ले अगाडि रह्यो । दमकले दोस्रो हाफमा थप दुई गोल ग¥यो । खेलको ४८ औं मिनेटमा विशाल राईले गोल गर्दै दमकलाई जित दिलाउन सफल भए ।

धरानका रविकुमार राईले ४२ औं र लक्ष्मी याख्खाले ६४ औं मिनेटमा १÷१ गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच दमकका ह्याट्रिक गर्ने खेलाडी सुवास सुब्बा घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए ।

सोमबार दुई खेल हुने भएको छ । पहिलो युनाइटेड भेट्रान्स क्लब विराटनगर र दुहबी भेट्रान्स क्लबबीच हुनेछ । दोस्रो खेलमा बिर्तामोड भेट्रान्स र भरौल भेट्रान्सबीच प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु