निर्वाचन कार्यक्रमअनुसार आइतबार र सोमबार राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची पेस गर्नेछन् ।
संसदको कार्यकाल शनिबार समाप्त भएको छ । त्यसैले आइतबार समानुपातिकतर्फको मनोनयन हुन लागेको हो।निर्वाचन आयोगका अनुसार दलहरूले समानुपातिकतर्फको बन्दसूची असोज ३ गतेभित्र बुझाइसक्नुपर्नेछ ।
यसैगरी प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन असोज २३ गतेदेखि मनोनयन सुरु हुने निर्वाचन आयोगले जनाएको छ।