प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको सरगर्मी सुरु भइसकेको छ । अघिल्ला निर्वाचनहरुभन्दा यसपटक फरक अवस्था आउन सक्ने विभिन्न घटनाक्रम र सन्दर्भहरुबाट प्रष्ट हुन्छ ।
गोप्य मतदान भएकाले हामीले चाहेको मत आपनो मनको उम्मेदवारलाई दिन सक्दछौं। उनीहरुले पनि जितेपछि सवैको अभिभावक भएर काम गर्नु पर्दछ।
२०७४ को आम निर्वाचनमा गएको दिनहरुका गठबन्धनबाट बहुमत पाएका दल तिनका नेताहरुले जे जति गरे, जनमतको विपरीत, विधि नीति र संविधानको विपरीत काम गरे।कूटनीतिक, राजनीतिक नियुक्तिका पदहरु पैसामा बेचे, ठेक्कापट्टा बेचे। अयोग्य भए पनि नाता, आफन्तहरुलाई स्थान दिए। भएको सरकार तथा अर्धसरकारी स्रोत साधनको सक्दो शोषण तथा दोहन गरे।
भ्रष्टाचार गरे, पहिले लागेर काम गरेको माउ पार्टी तोडे, छोडे, मोडे अनि कांग्रेसको पाहुना भएर ध्वंस गरे। लोकतन्त्रमा आफ्ना लागि जाली खालको गठबन्धन, गरी गराई जनतालाई यो गर भन्ने, सिण्डिकेट खडा गरी त्यसलाई भोट देऊ भने, हामीले गठबन्धन गरेको छौं भन्ने अनि यो र त्यो भन्दै लोकतन्त्रमा जनताको मत दिने अधिकारलाई संकुचित गर्ने काम गरे।
माछालाई पानी छेकेर दुवाली थाप्दै आफ्नो टिपमा मात्र माछा हाल्ने पार्ने जस्तो जाली गरी काम गरे। मानौं सत्ताका लगि जुवा खेल खेल्ने जस्तो गरे।
यिनले अयोग्य, नलायक नै भए पनि श्रीमती, छोरी, बुहारी, छोरीज्वाईं, सम्धी, नाता भ्रष्टाचारी नाइकेलाई आपनो आफ्नो दलका ठेकेदार रोजे। संविधानभित्र कल्पनाका असम्भव कुरा र प्रावधान लेखे।
एउटा रोचक प्रसंग। हामी एक कार्यकम कानुन दिवसको भव्य कार्यक्रमबाट हामी फर्किरहेका थियौं। जहाँ राष्ट्रपतिज्यू, उपराष्ट्रपतिज्यू संवैधानिक प्रमुखलगायत रहेको एक भव्य कार्यक्रमबाट फर्किइरहेका थियौं। मेरो साथमा अर्का एक वरिष्ट अधिवक्ता पनि हुनुहुन्थ्यो। मेरा एक मित्रले मलाई भन्नु भयो कि–
‘सर म त नेताभन्दा बरु देउतालाई मान्दछु, किनभने नेता चिन्न गाह्रो, चिनेपछि पैसा दिएर थेग्न नै चन्दा दिन धान्न, अति गाह्रो, थाम्न नसकने गरी चन्दा माग्ने, चिनेजाने र नजिक भएपछि त हुँदाहुँदा गुण्डा तथा डन पठाउने हुँदा थाम्नै गाह्रो।’
उनी त्यतिमा रोकिएनन्, अगाडि भने, ‘फेरि आफूले दिएको पैसा पनि राम्रो काममा लगाए त राम्रै हुन्थ्यो रक्सी, गाडी, यौन दुराचारी तथा अनेक अनेक काममा प्रयोग गर्दा रहेछन्। त्यसकारण म त नेताभन्दा वरु देउता नै मान्दछु तपाईं नि?’
मैले वरिपरी दायाँबायाँ नजर दिएर हाँसेर विस्तारै भनें ‘म त सोचिरहेको छु डा. साहेब।’
‘तिनका पार्टीमा जान्न, तिनका कार्यकममा जान्नँ, तिनका मान्छेलाई भोट दिन्नँ, तिनले भनेकोमा मलाई विश्वास छैन। तिनका लागि थप सर सहयोग दिन्नँ। बरु मन्दिरमा जान्छु, गुम्वा र चर्चमा जान्छु, देवताले चन्दा माग्दैनन्। शान्ति मिल्दछ। गुण्डा, डन पठाउँदैनन्। गाली त गर्दैनन्’ उहाँले यसो भन्नु भो।
म त देउता मान्छु नेता मान्दिन भन्नुभयो। मलाई तपाईंको के विचार छ? भन्नुभयो। मैले चाहिँ ठिकै हो… भन्दै हाँसेर टारें। सोचेर जवाफ दिन्छु भने।
सोचविचार गर्दा पनि नेपालको संविधान २०७२ धेरै राम्रो र जनतालाई अधिकार दिने खालको देखिन्छ। मेरो अभिमत के हो भने लोकतान्त्रिक गणतन्त्र भएकोले यो सविधान कार्यान्वयनका लागि अहिले दलहरुले घोषणापत्र बनाएर सोबमोजिम कामकाज गर्ने प्रतिवद्धता गरी निर्वाचनमा जानु पर्दथ्यो।
त्यसपछि जो जसको प्रतिनिधित्व आउँदछ, काम गर्नका लागि गठबन्धन बनाउनु पर्दथ्यो। निर्वाचनका लागि होइन, काम गर्नका लागि चाहिने शक्ति गठबन्धन हो। गठबन्धन दल हुँदैन। घोषणापत्र, चुनाव चिह्न दलको हुँदैन किनभने संविधानमा त्यस्तो व्यवस्था नै छैन। बरु यसले र आस्था, विचार विथोल्छ, अन्योलता सिर्जना गर्दछ भनेको थिएँ।
किनभने निर्वाचनका लागि गरेको भएको गठबन्धनले विगत पाँच वर्षभरी के कस्तो खालको असर पार्यो? के कस्तो खालको परिणाम दियो? म इतिहासको, कानुनको र विकासको पनि विद्यार्थी भएको नाताले अध्ययन गरिरहेको छु। त्यसले सही आशलाग्दो र भरपर्दो खालको नतिजा दिएको थिएन, छैन।
यसै सन्दर्भमा मैले राखेको अभिमतमा केही साथीहरुले सहमति दिनु भएको पाएको छु, केहीको सुन्दर असहमति पनि पाएको छु। यो पनि जनमत थाहा पाउने सञ्चारको माध्यम हो, जो हामी अध्ययन अनुसन्धानमा उपयोग गर्दछौं।
केवल कतिखेर प्रतिस्पर्धा गर्ने र कतिखेर मित्रता राख्ने भन्नेसम्मको मेरा विमति वा फरक मत हो। एउटा सचेत नागरिक भएको हिसाबले यो विचार राख्नु पाउनु राख्नु नै प्रजातन्त्र हो। मानिसका लागि विचार मर्न दिनु हुँदैन तर भलो र असल गर्न दिनु पर्दछ। सबैले नेपालमा बाँचुन् गरुन्, खाउन्।
पाठक, शुभचिन्तक, साथीहरु मित्रहरुको सहमति साथ र सद्भाव मेरो विचार होइन कि उहाँहरुको पनि आत्माले मानेको मनोभावले भनेको कुरा त्यही हो। त्यसमा थप पुष्टि यो हो कि घरमा असल, शुभ कार्य गरेपछि त्यसको प्रतिफल उपलब्धि पहिला नै काम गर्ने आफैंले खाने भाग लिने हो, भने केलाई राजनीतिको शुभ कार्य गर्ने?
त्यो त स्वार्थको खेती हो। हो नि। यस्तो खालको जालीझेली खेतीपाती त उहिले पञ्चायतकालमा राजनीतिमा पञ्चायत राजाको पक्षधर मिलेर गरेको जस्तै हो नि? त्यसले आम जनताको प्रतिनिधित्व गर्दैन भनेर २०४६ सालको क्रान्ति गरेको होइन र?
२०४७ सालको संविधानले जे जस्तो व्यवस्था गरेको थियो, त्यसको गलत प्रयोग गर्यो भनेर २०५२ सालमा एउटा जनवादी शक्तिले सस्शत्र जनयुद्ध गर्ने, अर्को लोकतनत्रवादी शक्तिले दलभित्रै लोकतान्त्रिक आन्दोलन र जनपरिचालन गरेकाले २०६२–६३ को आन्दोलन भएको होइन र?
फेरि त्यसको १५ वर्षपछि के हो त यो यस्तो चालबाजी कति यसलाई मत हाल्नु? त्यहाँबाट यो पार्टीको उम्मेदवार गायब? गोरखामा कमला पन्तले जितको स्थानमा किन कांग्रेसलाई नउठाउने? तर उठाउनेवाला छैनन्, अरु उठे, बागी उठे वा व्यक्तिले पार्टीको झण्डा दुरुपयोग गरेमा सरकार, कानुन, संरचना सवैको प्रयोग गरेर भए पनि त्यो तत्वलाई जरो उखेलिने छ भन्ने राणकालीन उर्दी र लल्कार अहिले आइरहेको देखिन्छ। जे होस् सत्तामा रहेकाहरुले यसलाई दुरुपयोग गरिरहेका छन्। आम जनता, वुद्धिजीवी र राष्टलाई माया गर्नेहरु नै यसको विरोधमा छन्।
लोकतन्त्रमा बोल्न, भन्न, लेख्न अनि छाप्न पाइन्छ। जो अयोग्य, छ, जो असक्षम छ, त्यो जिम्मेवारीमा जान मिल्दैन। त्यसले सदाचारको नाममा भ्रष्टाचार गर्दछ। विगतमा पनि चारपासेहरु, आठपासेलाई शासन गर्न जिम्मेवारी दिएर पठाउँदा त त्यो दुर्घटना भएको थियो। त्यसलाई फेरि सुधार गरी सही बाटोमा ल्याउनका लागि कति धेरै मिहीनेत, गर्नुपर्यो।
कति धेरै स्रोत साधन लागाएर काम गर्नुपर्यो। जसरी सबैले लागेर काम गर्दा पहिलेको गल्ती, कमी त सुधार भएर आएको छ? त्यो सुधार्न लागेको शक्तिले फेरि आफ्ना लागि चाहिँ मिलेर अनुकूल परिवेश वनाउन षडयन्त्र गर्ने, प्रतिस्पर्धीका लागि भने प्रतिकूल वातावरण तयार गर्ने हो भने यो संविधान कसरी चल्दछ?
कसरी यो जटिल व्यवस्था चल्दछ? फेरि अहिलेका नेताजीहरुले नै त्यसरी गलत, उल्टोउल्टो तरिकाको काम गर्न थालेपछि आम जनताले ‘त्यसैलाई, हो विदेश, भारत, अमेरिका, सिआइए, रअअको एजेण्टहरुले विगत २०४७ देखि निरन्तर नेपालका काम गरेर नेपाललाई तहसनहस पारेका छन् भन्ने भ्रम पनि फिँजाउने यी नै नेताहरुको काम हो। हामीले त भनेका पनि छैनौं। यस्तो काम गरी आउनु गलत, होइन? भ्रम अनि झूट होइन? सबै लाटा गँवार तथा मूर्ख पनि होइनन्।
राजतन्त्र आयो भने यी जाली, फटाहाहरु, चोर तथा दुराचारी नेता तथा पार्टीका बदनाम भन्दा त एक राजा नै असल हुन सक्दछ भन्ने त कुरा सही हो नि। यही कुरा यो लेखकसँग चीनका नेता डा. सुङ्गले मसग गरेको उहिलेको कुरा हाल मैले स्मरण गरिरहेको छु।
‘समानुपातिक सिद्धान्तको गणितको नियम बमोजिम खराब काम एक जनाले गरेर जति हानि गर्दछ, धेरै जनाले खराव काम गर्दा धेरै हानि नोक्सानी गरिदिन्छन्। सानो अधिकार पाएकाले कम हानि ठूलो र धेरै अधिकार पाएकाले बढी हानि नोक्सानी गर्दछ’ भन्ने सामान्य ज्ञानको कुरा हो।
त्यसका लागि हानि गर्नेलाई रोक्ने, धेरै असल काम गरी राष्ट्रको लाभ र देशका लागि असल गर्नेलाई जिम्मेवारी दिने नै चुनावको उद्देश्य हो। हामीले यो पवित्र महान काममा हाम्रो विवेकको सही प्रयोग गरेको हुनेछौं। तपाईंहरुले चाहेको मानिस, रोजेका जनप्रतिनिधिले जित हासिल गर्न सफलता पाउनुहोस्। सबैमा शुभकामना छ।