चीनमा विद्यालय तहका विद्यार्थी लक्षित नयाँ शिक्षा कानून ल्याइएको छ। नयाँ कानुन अनुसार बालबालिकालाई गृहकार्य लगायतका पठनपाठनमा दबाब कम गरी अभिभावकले धेरै समय दिनुपर्ने र अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने उल्लेख छ।

कानूनमा बालबालिकाले अत्यन्त खराब आचरण देखाए वा आपराधिक क्रियाकलाप गरे भने उनीहरुका अभिभावक पनि दण्डित हुने व्यवस्था गरिएको छ।

पछिल्लो यस व्यवस्थाले बालबालिकाप्रति अभिभावकको जवाफदेहिता बढ्ने अपेक्षा गरिएको समाचार संस्था सिन्हवाले जनाएको छ।

यसका साथै अभिभावकले बालबालिकालाई कानूनमा भनिए बमोजिम समय दिएको नदिएको लगायतका विषयको अनुगमन तथा निगरानी स्थानीय सरकारले गर्ने कानूनमा उल्लेख छ।

चीनले यस वर्षको सुरुवातदेखि नै युवा पुस्ताहरुको डिजिटल गेमको लत छुटाउन अभिभावकलाई सक्रिय बनाउने गरी नयाँ अभ्यास सुरु गरिरहेको छ।

जसमा अनलाइन गेमको समय कटौती गर्दै शुक्रबार, शनिबार र आइतबार मात्रै केही घण्टा छुट्याइएको छ।

28
Shares
१ आश्विन २०७९, शनिबार ०७:०७