अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको ‘ओपन डोर्स रिपोर्ट अन इन्टरेनसनल एजुकेसन एक्सचेन्ज’ नामक प्रतिवेदनका अनुसार कोरोना महामारी व्याप्त रहेकै बेला पनि सन् २०२१ नोभेम्बरसम्म ११ हजार १७२ जना नेपाली विद्यार्थी अमेरिका पढ्न गएका हुन्।
धेरै अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिका पठाउने विश्वका मुलुकको सूचीमा नेपाल बाह्रौँ स्थानमा परेको प्रतिवेदनले उल्लेख गरेको छ।सन् २०२१ मा विश्वका विभिन्न मुलुकबाट गरी ९ लाख १४ हजार विद्यार्थी अमेरिका पढ्न गएको जनाइएको छ। अमेरिकी विदेश मन्त्रालय र अमेरिकी शिक्षा मन्त्रालयले नोभेम्बर १५ देखि १९ सम्म अन्तर्राष्ट्रिय शिक्षा सप्ताह मनाइरहेका छन्।
यसै अवसरमा नेपालस्थित अमेरिकी दूतावास, युनाइटेड स्टेट्स एजुकेसनल फाउन्डेसन नेपाल र अमेरिकन स्पेसेसले विभिन्न कार्यक्रम आयोजना गर्ने दूतावासले जनाएको छ।