विराटनगर । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहले सार्वजनिक गरेको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजामा बहुसंख्यक परीक्षार्थी अनुत्तीर्ण भएका छन् । उक्त परीक्षामा प्रदेश १ बाट ६ हजार ४१९ जना उत्तीर्ण भएका छन् ।

गत साउन २८ गते भएको परीक्षामा १ लाख ८१ हजार ५६९ जना सहभागी भएका थिए र तीमध्ये ३३ हजार १५८ जना उत्तीर्ण भएका छन् । उक्त संख्या १८.२६ प्रतिशत हो । प्रदेश १ बाट ३१ हजार ६८८ जनाले परीक्षा दिएकामा ६ हजार ४१९ जना उत्तीर्ण भएका छन् ।

मधेस प्रदेशमा २५ हजार ८१ जनाले परीक्षा दिएकोमा २ हजार ६५७ जना उत्तीर्ण भएका छन् । बागमती प्रदेशमा २६ हजार २८२ जनाले परीक्षा दिएकोमा ६ हजार ५१९ जना उत्तीर्ण भएका छन् । गण्डकी प्रदेशमा १७ हजार ७६ जनाले परीक्षा दिएकोमा ३ हजार ७५१ जना पास भएका छन् ।

लुम्बिनी प्रदेशमा ३५ हजार १७३ जनाले परीक्षा दिएकोमा ७ हजार ३०५ जना उत्तीर्ण भएका छन् । कर्णाली प्रदेशमा २४ हजार ६१३ जनाले परीक्षा दिएकोमा ३ हजार २४४ जना मात्रै उत्तीर्ण भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा २१ हजार ६५६ जनाले परीक्षा दिएकोमा ३ हजार २६३ जना उत्तीर्ण भएको शिक्षा सेवा आयोगले जनाएको छ ।
3
Shares
३१ भाद्र २०७९, शुक्रबार १८:५३