काठमाडौं । स्विस टेनिस स्टार रोजर फेडेररले टेनिस खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् ।
फेडेररले बिहीबार यसै महिना लण्डनममा आयोजना हुने लाभेर कपपछि टेनिसबाट सन्यास लिने घोषणा गरेका छन् ।
‘मेरो शरीरले मलाई हालै स्पष्ट सन्देश दिएको छ । मैले २४ वर्षमा १५०० भन्दा बढी खेल खेलेको छु । अब मैले मेरो प्रतिस्पर्धी करियरको अन्त्य गर्ने समय हो भनेर बुझ्नुपर्छ,’ फेडेररले भने, ‘टेनिस म तिमीलाई माया गर्छु र तिमीलाई कहिल्यै छोड्ने छैन।’

४१ वर्षीय फेडेरर टेनिसको सर्वकालीन महान खेलाडी मध्ये एक हुन् । तर, फेडेररले २०२१ मा विम्बल्डन टेनिस खेलेपछि खेलेका छैनन् ।
२० पटकको ग्रान्डस्लाम च्याम्पियन पछिल्लो समय घुँडाको चोटबाट पीडित थिए । फेडेरर सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडीको सूचीको तेस्रो स्थानमा छन् ।
उनीभन्दा अघि राफायल नाडाल २२ र नोभाक जोकोभिचले २१ पटक ग्रान्डस्लाम उपाधि जितेका छन् ।

फेडेररले सन् १९९८ मा व्यवसायिक टेनिसमा १६ वर्षको उमेरममा डेब्यु गरेका थिए ।
फेडेररले पहिलो पटक २००३ मा ग्रान्डस्लाम उपाधि विम्बल्डन टेनिस जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु