यसै अवसरमा १५औँ पुस्तकालय दिवसको कार्यक्रमअन्तर्गत लेखक टीका मिलनको उपन्यास ‘पटाक्षेप’ को लोकार्पण गरिएको हो।
प्रा. डा. टंकप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रदेश १ का विभिन्न जिल्लाका स्रष्टाहरु सहभागी भएका थिए।
कवि चुडा वसन्त लम्सालको सभापतित्वमा भएको सभामा पुस्तकको चर्चा कवि तथा पत्रकार रामप्रसाद खरेल र कवि रेखा सुबेदीले गरेका थिए।
साहित्यकार तथा पत्रकार कृष्ण बिनोद लम्सालले लेखक र उनको कृतिबारे चर्चा गरेका थिए।
कवि कालिदाश कोइरालाले सहभागीहरुलाई स्वागत गरेका थिए। सुमिरा खरेलले सञ्चालन गरेको कार्यक्रममा शिक्षासेवी लेखनाथ घिमिरे, कविहरू विनोद घिमिरे, किरण सिवा, मिश्रा गुरुङ, रिता ताम्राकार, टीका आत्रेय, टोलनाथ काफ्लेलगायतको सहभागिता थियो।