विराटनगर । क्यानाडाको अन्टारियोको एक माध्यमिक विद्यालयकी शिक्षिका आफ्नो २३ महिने छोरोलाई शिशु स्याहार केन्द्रमा छाडेर काममा जाने योजनामा थिइन्।
अघिल्लो दिन घरमा भएको समस्याका कारण तनावमा रहेकी उनले छोरोलाई केन्द्रमा बालकलाई नछाडी आफ्नो काम गर्ने ठाउँमा पुगिन्।
उनले छोरोलाई केन्द्रमा छाड्नै बिर्सिन्। बालकलाई कारमै छोडेर हिँडिन्।
त्यस दिन अन्टारियोमा अत्यन्त गर्मी थियो।
उनले छोरोलाई छाडेको ठाउँ बानक्रफ्ट, अन्टारियोमा भने २७.१ डिग्री तापक्रम पुगेको थियो।
दक्षिणी अन्टारियोमा त्यो दिनको तापक्रम ३० डिग्री सेल्सियस माथि पुगेको थियो।
अत्याधिक गर्मी भएकाले सरकारले सचेत रहन सूचना जारी गरेको थियो। तर, त्यस्तो गर्मीमा बालकलाई कारमा छोडेको कुरा न ती शिक्षिका आमाले ख्याल गरिन् न अरुले देखे।
विद्यालयको समय सकिने बेलामा मात्र बालक कारमै रहेको थाहा भयो। तर, त्यतिबेला धेरै ढिलो भइसकेको थियो।
प्यारामेडिक्स बोलाइयो। प्रहरी पनि आए। तत्काल प्राथमिक उपचारका विभिन्न उपायहरु गर्दा पनि बालक बौरिननसकेको जनाइएको छ।
बन्द कारमै २३ महिनाको बालक एभरेट स्मिथको मृत्यु भयो।
टोरन्टोबाट २४४ किलोमिटर उत्तर पूर्वमा पर्ने बालक्रफ्टमा गत बिहीबार यस्तो दुखद घटना भएको थियो।
नर्थ ह्यास्टिङस् हाई स्कुलमा शिक्षका रहेकी बालककी आमाले आफूले काम गर्ने विद्यालयको पार्किंङमा बालक छाडेको ‘सिटिभी न्युज’ ले जनाएको छ।
अन्टारियो प्रहरीले घटनाको अनुसन्धान गरिरहेको समाचारमा जनाइएको छ।
२०१९ मा गरिएको एक अध्ययनअनुसार, २०१३ देखि २०१८ सम्म क्यानाडामा ६ जना बालबालिकाहरुको कारभित्र यसरी नै मृत्यु भएको छ।
अमेरिकामा औसत ३७ जना बालबालिकाको यसरी मृत्यु हुने गरेको जनाइएको छ।
3
Shares
३१ भाद्र २०७९, शुक्रबार ०७:४०