विराटनगर । क्यानाडामा बुलेट ट्रेनभन्दा तीन गुणा बढी तीव्र गतिमा चल्ने ट्रेन सञ्चालनमा आउने भएको छ।
क्यानाडाको एउटा कम्पनी स्टार्टअप–ट्रान्सपाडले यस्तो ट्रेन सञ्चालनमा ल्याउने भएको हो।
उक्त ट्रेनलाई विमान र ट्रेनको ‘हाइब्रिड भर्सन’ भनिएको छ।
प्रतिघण्टा ६२१ माइल (करिब १००० किलोमिटर) गतिमा उक्त ट्रेन कुद्ने जनाइएको छ।
ट्रान्सपाडले उक्त ट्रेनलाई ‘पंखा बिनाको विमान’ भनेको छ।
फिजिक्सको एउटा नयाँ क्षेत्र मानिने ‘विलेन्स फ्लक्स’ मा आधारित भएर ट्रेन बनाइएको हो।
‘कन्ट्याक्टलेस पावर ट्रान्समिसन’ को माध्यमबाट ट्रेनको संरचना तयार पारिएको जनाइएको छ।
फ्लक्सजेट ट्रेनले ५४ जना यात्री र दुईवटा ह्वीलचेयर बोक्नेछ। यस्तै १० टन सामान पनि ढुवानी गर्ने जनाइएको छ।
ट्रेन अहिले चलनमा रहेको जस्तो लिकमा कुद्ने छैन। नयाँ तरिकाले बनाइएको ट्युबमा ट्रेन सञ्चालन हुनेछ।
क्यानाडामा बुलेटभन्दा तीन गुणा गतिमा चल्ने ट्रेन
3
Shares
३१ भाद्र २०७९, शुक्रबार ०७:२५