काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल विवाह बन्धनमा बाँधिएका छन्। उनले थाइल्यान्ड पुगेर विवाह गरेका हुन्।

क्रिकेट मैदानमा आफ्नो प्रदर्शनबाट नेपाली समर्थकको मन जित्दै आएका रोहितले अब व्यक्तिगत जीवनको नयाँ अध्याय सुरु गरेका छन्।

उनको विवाहको खबरसँगै सामाजिक सञ्जालमा समर्थक तथा शुभेच्छुकहरूले बधाई र शुभकामना व्यक्त गरिरहेका छन्।

रोहित पौडेललाई वैवाहिक जीवनको सुखद सुरुवातका लागि हार्दिक बधाई तथा सफल दाम्पत्य जीवनको शुभकामना !
21
Shares
११ मंसिर २०८३, बिहीबार १५:०३