काठमाडौँ । निर्वाचन आयोगले आगामी चैत–वैशाखमा स्थानीय तहको निर्वाचन गराउने गरी तयारी अघि बढाएसँगै राजनीतिक दलहरू आन्तरिक छलफल र रणनीति निर्माणमा जुट्न थालेका छन्।

जेनजी आन्दोलनपछि गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहमा पनि आफ्नो प्रभाव विस्तार गर्ने रणनीतिमा देखिएको छ।

प्रतिनिधिसभा निर्वाचनको नतिजाबाट उत्साहित रास्वपा स्थानीय निर्वाचनमा समेत अत्यधिक बहुमत हासिल गर्ने लक्ष्यसहित अघि बढ्न खोजिरहेको देखिन्छ। निर्वाचनको सम्भावित समय नजिकिँदै जाँदा दलहरूबीच उम्मेदवार छनोट, चुनावी रणनीति र संगठन विस्तारका विषयमा छलफल तीव्र हुने संकेत देखिएको छ।

स्थानीय तहको निर्वाचनले राष्ट्रिय राजनीतिमा दलहरूको वास्तविक जनाधार र स्थानीय संगठनको प्रभावसमेत परीक्षण गर्ने भएकाले आगामी चुनावलाई राजनीतिक दलहरूले महत्त्वका साथ हेरेका छन्।
7
Shares
११ मंसिर २०८३, बिहीबार १५:१८