दार्चुला । सडक र यातायातको पहुँचको प्रतीक्षामा रहेका दार्चुलाको अपि हिमाल गाउँपालिकामा पहिलोपटक गाडी पुगेपछि स्थानीयवासीले उत्सव मनाएका छन्।
हिजो गाउँपालिकामा पहिलोपटक गाडी पुगेपछि खुसी भएका गाउँलेहरूले भव्य स्वागत गरेका हुन्। गाडी आगमनलाई स्थानीयले लामो समयदेखिको प्रतीक्षा पूरा भएको खुसीका रूपमा लिएका छन्।गाडी पुगेपछि स्थानीयवासीमा उत्साह छाएको छ। यसले आवागमन, दैनिक उपभोग्य सामग्रीको ढुवानी, स्वास्थ्य सेवा तथा अन्य आवश्यक काममा सहजता आउने अपेक्षा गरिएको छ।
दुर्गम बस्तीमा सडक पहुँच विस्तार हुनु स्थानीय विकास र जनजीवन सहज बनाउने दिशामा महत्वपूर्ण उपलब्धि मानिन्छ।