झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा प्रतिनिधिसभा सांसद निशा डाँगी र पार्टीका संस्थापक महामन्त्री डा. मुकुल ढकाल विवाह बन्धनमा बाँधिएका छन्।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका मुकुल र निशाले आज विवाह गरेका हुन्। मुकुल आफ्नो गृह जिल्ला मोरङको विराटनगरबाट जन्ती लिएर निशाको गृह जिल्ला झापा पुगेका थिए।उनीहरूको विवाह समारोहमा रास्वपाका विभिन्न नेताहरूको समेत उपस्थिति रहेको छ।
राजनीतिक सहयात्रासँगै व्यक्तिगत जीवनमा पनि नयाँ अध्याय सुरु गरेका मुकुल र निशाको विवाहले राजनीतिक वृत्तमा चर्चा पाएको छ।