काठमाडौं । अध्ययनका लागि जापान पुगेकी विष्णु कुँवरको स्वास्थ्यमा गम्भीर समस्या आएपछि अहिले नेपालमै उपचार भइरहेको छ। जापानमा ब्रेन हेमरेज भएपछि उपचार गराउन कठिनाइ हुँदा उनी नेपाल फर्किएकी हुन्।
यस कठिन परिस्थितिमा कलाकार Coolboy ले मानवीय सहयोग गर्दै अस्पतालमै पुगेर विष्णुलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।विदेशमा अध्ययन गर्ने सपना बोकेर जापान पुगेकी विष्णु स्वास्थ्य समस्याका कारण उपचारका लागि स्वदेश फर्किनुपरेको अवस्थामा कलाकारको यो सहयोगले उनलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य उपचारमा संघर्ष गरिरहेकी विष्णुप्रति देखाइएको यो सहयोगले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।