नेपाली धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको रुद्राक्षलाई उपहारका रूपमा प्रस्तुत गरिएको यस अवसरले भेटघाटमा सांस्कृतिक पक्षसमेत झल्काएको छ। कलात्मक काठको बट्टामा सजाएर रुद्राक्ष हस्तान्तरण गरिएको दृश्यले भेटका क्रममा विशेष आकर्षण थपेको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता तथा विभिन्न औपचारिक कार्यक्रम भइरहेका छन्। भ्रमणले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य र साझा हितका विषयमा संवादलाई थप अघि बढाउने अपेक्षा गरिएको छ।प्रधानमन्त्री बालेन शाहले मोदीलाई उपहार दिए रुद्राक्ष, कलात्मक काठको बट्टामा सजाएर हस्तान्तरण
भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्ष उपहार दिएका छन्। आज नयाँदिल्लीमा भएको भेटका क्रममा प्रधानमन्त्री शाहले कलात्मक काठको बट्टाभित्र राखिएको रुद्राक्ष मोदीलाई हस्तान्तरण गरेका हुन्।