नयाँदिल्ली । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुर र अयोध्यालाई रेल सेवामार्फत जोड्नु नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने महत्त्वपूर्ण कदम भएको बताएका छन्।

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संयुक्त रूपमा जनकपुर–अयोध्या रेल सेवाको भर्चुअल उद्घाटन गरेपछि मुख्यमन्त्री आदित्यनाथले यस्तो धारणा व्यक्त गरेका हुन्। उद्घाटन कार्यक्रममा उनी अयोध्यास्थित रेल्वे स्टेसनमा उपस्थित थिए।

आदित्यनाथका अनुसार यो रेल सेवाले नेपालका श्रद्धालुलाई अयोध्यास्थित रामललाको दर्शन गर्न र भारतीय श्रद्धालुलाई जनकपुरधाम पुगेर माता जानकीको आशीर्वाद लिन सहज बनाउनेछ। उनले यसलाई दुई क्षेत्रबीचको पुरानो धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई आधुनिक यातायातसँग जोड्ने माध्यमका रूपमा व्याख्या गरेका छन्।

यो रेल सेवाले धार्मिक पर्यटन, तीर्थयात्रा तथा सीमापार आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ। साथै, जनकपुर र अयोध्याबीचको ऐतिहासिक सम्बन्धलाई यातायातको नयाँ माध्यमले जोड्ने अवसरसमेत सिर्जना गरेको छ।

7
Shares
८ मंसिर २०८३, सोमबार १५:५७