दुबईको प्रसिद्ध शेख जायद रोडमा आयोजित कार्यक्रममा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म विभिन्न उमेर समूहका मानिस सहभागी भएका थिए। ठूलो संख्यामा सहभागीहरू एकैसाथ दौडिँदा सडक उत्साहपूर्ण बनेको थियो।
कार्यक्रमले नियमित शारीरिक व्यायाम, स्वस्थ जीवनशैली र समुदायबीचको एकताको महत्त्वलाई उजागर गरेको छ। विभिन्न पृष्ठभूमिका मानिसलाई एउटै उद्देश्यमा जोड्ने यस्तो सामूहिक गतिविधिले सार्वजनिक स्वास्थ्यप्रति सचेतना बढाउनसमेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।दुबई रनमा देखिएको सहभागिताले खेलकुद र स्वास्थ्य प्रवर्द्धनलाई सामुदायिक अभियानका रूपमा अघि बढाउन सकिने सन्देश दिएको छ।