नेपालले करिब १२ वर्षदेखि उठाउँदै आएको महेन्द्रनगर एयर–रुटको मागमा ठोस सहमति जुटे मात्रै यस भ्रमणलाई वास्तविक उपलब्धि वा ‘ब्रेक–थ्रु’ मान्न सकिने टोलीको बुझाइ रहेको बताइएको छ।
नयाँ दिल्लीमा प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भएको भेटवार्ता तथा परराष्ट्रमन्त्री शिशिर खनाल र जयशंकरबीचको छुट्टै छलफलमा पनि एयर–रुटको विषयलाई प्राथमिकताका साथ उठाइएको जनाइएको छ।यसैबीच, भारतले बागडोगराबाट नेपाली आकाश हुँदै सैन्य उडान सञ्चालन गर्ने प्रस्ताव राखेको विषयमा नेपालले असहमति जनाएको दाबी गरिएको छ। नेपालको प्राथमिकता भने महेन्द्रनगरबाट हवाई प्रवेश मार्ग प्राप्त गर्नु रहेको बताइएको छ।
प्रधानमन्त्री टोलीको जोडअनुसार यसपटकको भ्रमण केवल कूटनीतिक भेटघाटमा सीमित नभई नेपालको हवाई सम्पर्क, अन्तर्राष्ट्रिय उडान र राष्ट्रिय हितसँग जोडिएको लामो समयदेखिको समस्याको समाधानमा केन्द्रित छ।भ्रमणको उपलब्धि भेटघाट र आश्वासनले होइन, महेन्द्रनगर एयर–रुटजस्ता महत्त्वपूर्ण विषयमा प्राप्त हुने ठोस परिणामले निर्धारण गर्ने टोलीको धारणा रहेको छ।