नयाँदिल्ली । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका छन्। प्रधानमन्त्री शाह दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

प्रधानमन्त्री शाहलाई विमानस्थलमा भारतीय उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ। उनको भारत भ्रमण प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछिको पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हो।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। साथै, भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि भेटघाट गर्ने कार्यतालिका रहेको छ।

यस भ्रमणमा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य तथा आपसी चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। भ्रमणका क्रममा हुने भेटवार्ता र त्यसबाट प्राप्त उपलब्धिलाई दुई देशबीचको सम्बन्धका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

7
Shares
७ मंसिर २०८३, आईतवार १६:१६