नेपाल प्रिमियर लिग (NPL) सिजन–३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेपछि विभिन्न फ्रेन्चाइज टोलीहरूले आफ्नो आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत च्याम्पियन टोलीलाई बधाई तथा शुभकामना दिएका छन्।
सुदूरपश्चिम रोयल्सको ऐतिहासिक जितपछि लिगमा सहभागी अधिकांश टोलीले बधाई सन्देश सार्वजनिक गरेका छन्। तर विराटनगर किङ्स र काठमाडौं गोर्खाजको आधिकारिक पेजमा भने यस्तो बधाई सन्देश देखिएको छैन।खेलकुदमा प्रतिस्पर्धासँगै आपसी सम्मान र खेलभावना पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ। उपाधि जित्ने टोलीलाई प्रतिद्वन्द्वी टोलीहरूले बधाई दिनुले नेपाली क्रिकेटमा सकारात्मक खेल संस्कृतिको सन्देश दिन्छ।