काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणसँगै प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनको पहिरनले पनि सामाजिक सञ्जालमा ध्यान खिचेको छ।

सामान्यतया एउटै कोठे सर्टमा देखिने गरेको भन्दै चर्चा हुने गरेका कुमार बेन यसपटक भारत भ्रमणका क्रममा औपचारिक सुटमा सजिएर देखिएका छन्। उनको फरक पहिरन सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया र टिप्पणी भइरहेका छन्।

प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी बेनको औपचारिक पहिरनलाई कतिपयले सामान्य व्यक्तिगत रोजाइका रूपमा लिएका छन् भने कतिपयले व्यंग्यात्मक टिप्पणी गरेका छन्।

विदेश भ्रमणमा सहभागी सरकारी प्रतिनिधिहरूले औपचारिक पोशाक लगाउनु कूटनीतिक शिष्टाचारको सामान्य अभ्यास पनि हो। त्यसैले उनको पहिरनभन्दा भ्रमणमा नेपालको प्रतिनिधित्व र प्राप्त हुने उपलब्धि महत्त्वपूर्ण हुने देखिन्छ।

सामान्य पहिरनबाट सुटसम्मको परिवर्तनले चर्चा पाए पनि अब सबैको चासो भारत भ्रमणबाट नेपालले के उपलब्धि हासिल गर्छ भन्नेमा केन्द्रित छ।

14
Shares
७ मंसिर २०८३, आईतवार १३:१८