काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करणको उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले आफ्नी आमासँग खुसी साटेको दृश्यले क्रिकेटप्रेमीको ध्यान खिचेको छ।
मैदानमा उपाधि उचाल्दाको उत्साहसँगै आमासँग खुसी बाँडिरहेको ऐरीको यो क्षण खेलकुदको सफलताभन्दा पनि परिवारको माया, साथ र भावनात्मक सम्बन्धको सुन्दर दृश्यका रूपमा देखिएको छ।लगातार दुई संस्करणको फाइनलमा उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा अन्ततः उपाधि आफ्नो नाममा लेखाउन सफल भएको हो।
शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै पहिलोपटक एनपीएल उपाधि जितेको थियो।लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले बिना विकेट क्षति १३.३ ओभरमै पूरा गरेको थियो। जर्ज मुन्सेले अविजित १२५ रन बनाउँदा कप्तान ऐरीको नेतृत्वमा टोलीले ऐतिहासिक सफलता हासिल गर्यो।
व्यक्तिगत रूपमा पनि ऐरीका लागि यो प्रतियोगिता विशेष रह्यो। उनले प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधिसमेत प्राप्त गरे।दुई पटकको निराशापछि तेस्रो प्रयासमा चुमेको उपाधि र आमासँग बाँडिएको खुसी—दीपेन्द्रका लागि यो क्षण सधैँ अविस्मरणीय रहनेछ।