काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारतको राजकीय भ्रमणमा जाने तयारीमा रहेका बेला ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको विषय चर्चामा आएको छ।
प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारतको दुईदिने भ्रमणमा रहने कार्यक्रम छ। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्नुका साथै नेपाल–भारत सम्बन्ध, ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार विकास तथा लगानीका विषयमा छलफल गर्नेछन्।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको भनिए पनि यससम्बन्धी आधिकारिक नियुक्ति तथा जिम्मेवारी हस्तान्तरणको विवरण पुष्टि हुन बाँकी छ।