नेपालमा सरसफाइको क्षेत्रमा व्यापक सुधार ल्याउन पुनर्जागरण अभियान सञ्चालन गर्नुपर्ने सुझाव सरसफाइ क्षेत्रमा कार्यरत अभियन्ता तथा विज्ञहरूले दिएका छन्।

उनीहरूले सरसफाइलाई केवल फोहोर व्यवस्थापनमा सीमित नराखी व्यक्तिगत स्वच्छता, सार्वजनिक स्थलको सफाइ, वातावरण संरक्षण तथा नागरिकको व्यवहार परिवर्तनसँग जोड्नुपर्नेमा जोड दिएका छन्।

सफा र स्वस्थ समाज निर्माणका लागि स्थानीय तह, सरकारी निकाय, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा नागरिकबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनीहरूको धारणा छ।

सरसफाइ अभियानलाई दीर्घकालीन र प्रभावकारी बनाउन जनचेतना, नियमित अनुगमन तथा नागरिक सहभागितालाई प्राथमिकता दिनुपर्ने सुझावसमेत दिइएको छ।

7
Shares
५ मंसिर २०८३, शुक्रबार १६:२७