जलवायु परिवर्तन नियन्त्रणका लागि जीवाश्म इन्धनमाथिको निर्भरता घटाउने तथा स्वच्छ ऊर्जा स्रोततर्फ संक्रमण गर्ने विषय सम्मेलनमा महत्त्वपूर्ण एजेन्डाका रूपमा उठिरहेको छ। तर जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने समयसीमा र कार्यान्वयनको बाटोबारे साझा सहमति कायम हुन नसकेको बताइएको छ।
ऊर्जा सुरक्षा, आर्थिक निर्भरता र जलवायु संकटको प्रभावबीच सन्तुलन कायम गर्ने विषयमा विभिन्न देशका धारणा फरक देखिँदा वार्तामा चुनौती थपिएको छ।जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्य र ठोस प्रतिबद्धता आवश्यक रहेको विषय सम्मेलनमा पुनः चर्चामा आएको छ।
AMGTimes | जिम्मेवार पत्रकारिता, तथ्यमा आधारित प्रस्तुति।