भारत । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई लक्षित गर्दै भारतका विभिन्न सहरमा नेपाल र भारतका राष्ट्रिय झण्डा सजाइएको दृश्य सार्वजनिक भएका छन्। भ्रमणको स्वागतस्वरूप सडक तथा विभिन्न स्थानमा दुवै देशका झण्डा राखिएको देखिएको छ।

नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्ध रहँदै आएको छ। प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको कूटनीतिक संवाद, आपसी सहकार्य र सम्बन्धका विषयमा थप छलफल हुने अवसरका रूपमा हेरिएको छ।

भारतीय सहरहरूमा नेपाल र भारतका झण्डा सँगै सजाइएको दृश्यले भ्रमणको स्वागतसँगै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धको प्रतीकात्मक झल्को दिएको छ।
3
Shares
७ मंसिर २०८३, आईतवार १५:४७