भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को स्वागतका लागि भारतको राजधानी नयाँदिल्लीलाई विशेष रूपमा सजाइएको छ। दिल्लीका विभिन्न सडक किनारमा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका ठूला तस्बिरसहित स्वागत बोर्ड तथा होर्डिङ राखिएका छन्।

स्वागत बोर्डमा ‘भारतमा यहाँलाई स्वागत छ’ भन्ने सन्देश लेखिएको छ। त्यस्तै, सडकका विद्युत् पोलहरूमा समेत प्रधानमन्त्री बालेनका तस्बिर राखिएका छन्। नेपालका प्रधानमन्त्रीको स्वागतका लागि राजधानीका विभिन्न स्थानमा देखिएको यस्तो तयारीले भ्रमणलाई विशेष महत्व दिइएको संकेत गरेको छ।

नयाँदिल्लीका सडक तथा सार्वजनिक स्थानमा नेपाल र भारतका प्रधानमन्त्रीका तस्बिर एकसाथ राखिनुले दुई देशबीचको उच्चस्तरीय कूटनीतिक सम्बन्ध र आपसी सहकार्यप्रतिको सन्देश पनि दिएको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको राजनीतिक संवाद, आर्थिक सहकार्य, व्यापार, ऊर्जा, पूर्वाधार तथा पारस्परिक हितका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

नेपाल र भारतबीच ऐतिहासिक, भौगोलिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध रहँदै आएको छ। यस्तो उच्चस्तरीय भ्रमणले आपसी विश्वास र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

नयाँदिल्लीमा प्रधानमन्त्री शाहको स्वागतका लागि गरिएको दृश्यात्मक तयारीले नेपाली प्रतिनिधिमण्डलको भ्रमणलाई भारतीय राजधानीमा समेत विशेष चर्चा दिलाएको छ।
14
Shares
७ मंसिर २०८३, आईतवार ११:५६