पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विज्ञान तथा प्रविधिको युगमा राजनीति, चुनाव र विश्व प्रतिस्पर्धाको स्वरूप डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) तर्फ केन्द्रित हुँदै गएको टिप्पणी गरेका छन्।

उनले विज्ञान तथा प्रविधिले विश्वलाई तीव्र गतिमा परिवर्तन गरिरहेको उल्लेख गर्दै अब राजनीतिक प्रतिस्पर्धा परम्परागत आमसभा र भाषणमा मात्र सीमित नरहेको बताएका छन्। डिजिटल माध्यम र एआईको प्रभाव बढ्दै गएको भन्दै उनले राजनीतिक दल तथा नेतृत्वले प्रविधिको बदलिँदो भूमिकालाई बुझ्न आवश्यक रहेको धारणा व्यक्त गरेका हुन्।

प्रचण्डले भने, “विज्ञान प्रविधिले कहाँबाट कहाँ पुर्‍याइसक्यो ? अब ल’डाइँ तपाईँ हामी आमसभा र भाषण गर्नेमै सीमित छौँ। ल’डाइँ डिजिटलमा पुगिसक्यो। एआईमा जसले जित्यो त्यसले चुनाव पनि जित्छ, देश पनि जित्छ, संसार पनि जित्छ। एआईमा पछाडि पर्यो, आईटीमा पछाडि पर्यो भने त्यसले चुनाव पनि हार्छ, देश पनि हार्छ। यो कुरा हामीले बुझ्न जरुरी छ।”

उनको अभिव्यक्तिले आगामी दिनमा राजनीतिक अभियान, जनसम्पर्क, सूचना प्रवाह, प्रचार रणनीति तथा चुनावी प्रतिस्पर्धामा डिजिटल प्रविधि र एआईको भूमिका थप महत्वपूर्ण हुँदै जाने विषयलाई उजागर गरेको छ।

विश्वभर डिजिटल सञ्चार, डेटा विश्लेषण र कृत्रिम बुद्धिमत्ताको प्रयोग बढिरहेका बेला नेपालको राजनीति, सार्वजनिक प्रशासन तथा चुनावी प्रक्रियामा प्रविधिको प्रयोग, यसको प्रभाव र जिम्मेवार उपयोगबारे बहस पनि महत्वपूर्ण हुँदै गएको छ।
7
Shares
७ मंसिर २०८३, आईतवार ११:२८