मंसिर ५ गते बिहान १०ः३० बजे दुहबी नगरपालिका–७, भलुवास्थित भित्री सडकखण्डमा इलाका प्रहरी कार्यालय दुहबी र अस्थायी प्रहरी चौकी तनमुनबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारेको हो।
नहर चोकबाट भलुवातर्फ आउँदै गरेको प्रदेश १–०२–०५३ प ४७२९ नम्बरको मोटरसाइकलमा सवार धरान उपमहानगरपालिका–२० निवासी २१ वर्षीय गौरव राईको झोला जाँच गर्दा गाँजाजस्तो देखिने लागूऔषध २१ किलो ९८० ग्राम बरामद भएको प्रहरीले जनाएको छ।प्रहरीले गाँजा, मोटरसाइकल र चालक राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबीमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।