उनीहरूले सरसफाइलाई केवल फोहोर व्यवस्थापनमा सीमित नराखी व्यक्तिगत स्वच्छता, सार्वजनिक स्थलको सफाइ, वातावरण संरक्षण तथा नागरिकको व्यवहार परिवर्तनसँग जोड्नुपर्नेमा जोड दिएका छन्।
सफा र स्वस्थ समाज निर्माणका लागि स्थानीय तह, सरकारी निकाय, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा नागरिकबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनीहरूको धारणा छ।सरसफाइ अभियानलाई दीर्घकालीन र प्रभावकारी बनाउन जनचेतना, नियमित अनुगमन तथा नागरिक सहभागितालाई प्राथमिकता दिनुपर्ने सुझावसमेत दिइएको छ।